दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु

पाेखरा | पुस २६, २०८०

दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु

पोखरा:     दोस्रो माछापुच्छ्रे  गाउँपालिका अध्यक्ष कप–२०८० गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा बिहीवार देखि सुरु भएको छ । 


“स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापुच्छे« गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद विकास समिति माछापुच्छे«को आयोजना माछापुच्छे«–३ घाचोकमा प्रतियोगिता सुरु भएको हो । 

 
बिहीबार भएको खेलमा कास्कीको रुपा गाउँपालिका, अन्नपुर्ण गाउँपालिका, माछापुच्छे« गाउँपालिका निलो र बागलुङको निसीखोला गाउँपालिका विजयी भएका छन् । 

 

कास्कीको रुपा गाउँपालिकाले माछापुच्छे« गाउँपालिकालाई, निसीखोला गाउँपालिकाले पर्वतको मादी गाउँपालिकालाई, अन्नपुर्ण गाउँपालिकाले बागलुङ नगरपालिकालाई पराजित गरेका हुन् । भने पुतली बजार नगरपालिका खेलमा उपस्थित नभएपछि माछापुच्छे« गाउँपालिकाले वाकओभर पाएको छ । 


यस्तै बागलुङको गल्कोट नगरपालिका र तनहुँको शुक्लागण्डकी नगरपालिकाबीचको खेल भने लाइट पोटेष्टका कारण स्थगित भएको छ । 


कार्यक्रमलाई सम्बोधन गर्दै  गण्डकी प्रदेश सामाजिक विकास तथा मन्त्रालय मन्त्री सुशिला सिंखडाले खेल मानब जिवनका लागि अत्यावस्यक रहेको बताउदै खेलकुदको विकासले विश्वमा देशको नाम उच्च राख्न सकिने बताउनु भयो । स्थानीय, प्रदेश र केन्द्र, ३ नै तहको सरकारले खेललाई प्रथामिकतामा राखेकाले प्रतियोगिता आयोजना गरिएको उल्लेख गरिन् । 


गाउँपालिका अध्यक्ष मिन बहादुर गुरुङले युवाहरुलाई खेलप्रति आकर्षित गर्न र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उदेश्यले आयोजित कार्यक्रममा सहभागि टिम साथै उपस्थित सम्पुर्ण दर्शकलाई धन्यवाद दिदै खेलले गलत बाटोमा भौतारीरहेका युवा जनशक्तिलाई प्रगति र उत्थानको बाटोमा दो¥याउन सकिने र सामाजिक रुपान्तरणका लागि खेलकुद भन्दा सजिलो अर्को बाटो छैन भन्नेमा जोड दिनुभयो । 


प्रतियोगितामा प्रथम हुने टिमले नगद ३ लाख र दोस्रो हुने टिमले नगद रु २ लाख साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ त्यस्तै सेमिफाइनल प्रबेश गर्ने २ टिमलाई जनही रु ५०÷५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार साथै  विभिन्न विधागत तर्फ  स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई जनही रु ५ हजारका दरले पुरस्कार प्रदान गरिने छ । पौष २८ गते सम्म संचालन हुने प्रतियोगिता सञ्चालनका लागि १२ लाख ८३ हजार लाग्ने आयोजकको अनुमान छ ।  

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्